Logo
|
Thursday 25th April 2024
Logo

epaper

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, भक्तपुर । पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर थिमि नगरपालिका–६ दुवाफल्चाकी कोरोना संक्रमित ४० वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । भदौ ३ गते अस्पताल भर्ना भएकी ती महिलाको बुधबार राति मृत्यु भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

मृगौलापीडित ती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल लगिएको नगरले जनाएको छ । उनका श्रीमान सहित अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्