Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५७ पुग्यो, थप ६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ महिला र २ पुरुषको मृत्यु भएको छ । जसमा चितवन र भक्तपुरकी ४० वर्षीया २ महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षकी महिला छन् । त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष र रुपन्देहीका ६५ वर्ष पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये नेपालमा ज्यान गुमाउनेको संख्या ०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्