Logo
|
Thursday 25th April 2024
Logo

epaper

रामेछापमा स्वास्थ्यकर्मी र प्रहरी सहित थप ६ जनामा कोरोना पुष्टि, कन्ट्र्याक ट्रेसिङको काम सुरु




जनस्वास्थ्य सरोकार, काठमाडौँ । रामेछाप जिल्लामा स्वास्थ्यकर्मी र प्रहरी सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिका वडा नम्बर १ मन्थली बजारमा अवस्थित तामाकोसी सहकारी हस्पिटलमा कार्यरत १ जना स्वास्थ्यकर्मी र जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

उनीहरुको केही दिन अघि मात्रै पीसीआर परीक्षणका लागि नमुना पठाइएको थियो । अहिले मन्थलीमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्र्याक ट्रेसिङको काम भइरहेको मन्थली नगरपालिकका प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्