Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा हालसम्मकै सर्वाधिक १३५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४ हजार नाघ्यो



नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १३ हजार ६३८ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा ११३५४ जना निको भएर घर फर्किएका छन । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या जम्मा २५ हजार ५६१ पुगेको छ । देशभर हाल १८ हजार ४०४ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ६ हजार ५६१ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्