Logo
|
Tuesday 11th May 2021
E-paper Magazine

उद्योगपति विनोद चौधरी कोरोना संक्रमण मुक्त



नेपाल हेल्थ न्युज, काठमाडौँ । उद्योगपति विनोद चौधरी कोरोना संक्रमण मुक्त भएका छन्। चौधरीले शनिबार बेलुका ट्वीट गरेर आफू कोरोनामुक्त भएको जानकारी दिनुभएको हो ।

‘तपाईंहरुको उत्कट माया र प्रेरणाले मलाई १० दिनको एकान्तवासमा ठूलो उर्जा दियो। त्यही उर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु। मैले जीवनमा तपाईहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु।’उहाँले ट्वीटरमा लेख्नुभएको छ- ‘यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महशुस गर्छु। यहाँहरुको यस्तै माया पाइरहुँ, धन्यवाद! ’

चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसदसमेत रहेका चौधरीलाई भदौ १२ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्