Logo
|
Thursday 25th April 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्‍टि, प्रदेशभर संक्रमितको संख्या २ हजार ५१४ पुग्यो



नेपाल हेल्थ न्युज, काठमाडौँ । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ ६७ जना संक्रमित फेला परेका हुन्।

निर्देशनालयका अनुसार स्याङ्जामा २२ जना, कास्कीमा २० जना, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा १३ जना, तनहुँमा सातजना, बागलुङमा तीन र लमजुङमा दुईजनामा संक्रमण पुष्‍टि भएको हो।

उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। योसहित प्रदेशभर अहिलेसम्म दुई हजार ५१४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

प्रतिक्रिया दिनुहोस्