Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोभिड-१९ ले दिमागमा पनि क्षति: कस्तो अवस्थामा मस्तिष्कघात हुन सक्छ ?



नेपाल हेल्थ न्युज,कठमाडौँ । कोभिड–१९ ले मानिसको शरीरमा विभिन्न किसिमका असर पुर्याउँछ । कतिपय मानिसमा कुनै पनि लक्षण देखिदैँन । तर केहि मानिसलाई भने हप्तौँसम्म अस्पतालमा राख्नुपर्ने हुनसक्छ । त्यसोभए यो रोगले मानिसको शरीरमा कस्तो असर गर्छ त ?

कोरोनाभाइरस नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्दछ । सबैभन्दा पहिला भाइरस शरीरभित्र प्रवेश गरिसकेपछि यसले नाक, घाँटी, श्वासनली र फोक्सोको सतहमा भएका कोषमा बसेर आफ्नो संख्या विस्तार गर्दछ ।

गम्भिर संक्रमण हुँदा बिरामीमा ज्वरो र खोकी देखिन्छ । साथै श्वास फेर्न पनि गाह्रो हुन्छ । यो भाइरसले फोक्सोको रक्तनलीमा क्षति पुर्याउँछ । साथै रगत जम्ने क्रम सुरु हुन सक्छ । फोक्सोमा हुने स–साना कक्षबाट रगतमा अक्सिजन जान्छ । तिनमा जलन वा सुजन भयो भने निमोनिया हुन सक्छ । सिकिस्त बिरामी परेका व्यक्तिलाई अक्सिजन दिनुपर्छ । किनभने फोक्सोमा बिकार र तरल पदार्थ जमेको हुन्छ ।

कोरोनासंक्रमण मुक्त भएका जिमी फ्लोर्स भन्छन् –‘म साँच्चै सास फेर्न सक्दिनथेँ । अक्सिमिटमा अक्सिजनको मात्रा ८८ प्रतिशत मुनि देखियो । जुन एकदमै डरलाग्दो हो । अनि त्यहिबेला मलाई मेरो जीवन जोखिममा परेको छ भन्न लाग्यो । ’

कोभिड १९ ले केवल फोक्सोलाईमात्र होइन यसले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई समेत छिन्नभिन्न पारिदिन सक्छ ।शरीरले बनाउने साईटकाईन नामक सूक्ष्म प्रोटीनले संक्रमण पत्ता लगाउँछ । तर कोरोनासंक्रमणले गम्भिर बिरामी परेका व्यक्तिमा यो प्रणाली अतिसक्रिय भईदिन सक्छ । यदि धेरै साइटकाइन उत्पादन भयो भने त्यसरले शरीरका स्वास्थ कोषलाई नै हानी पुर्याइदिन्छ । यसलाई साईटकाईन स्टोर्म भनिन्छ ।

जसले कोभिड–१९ का बिरामी मुर्छा पर्ने वा पूरै कोमामा जाने पनि हुनसक्छ । यसले मस्तिष्कमा विभिन्न समस्या उत्पन्न गराउँनसक्छ । बिरामीलाई मस्तिष्कघात समेत हुन सक्छ । प्रतिरोध प्रणाली अति सक्रिया हुँदा शरीरभित्रै रगत जम्न सक्छ । जसले गर्दा मस्तिष्कमा रगत सप्लाई राम्रोसँग हुन पाउदैँन । फलस्वरुप मस्तिष्कको सुजन, विक्षिप्तता र विस्मृतिजस्ता लक्षणहरु कोभिडका गम्भिर बिरामीमा देखा पर्न सक्छन् ।

औसतमा संक्रमितहरु १४ दिनमा बिरामी पर्न सक्छन् । तर कतिपय मानिसमा लामो समयसम्म लक्षण देखिन सक्छ । सास फेर्न कठिनाइ र थकान केहि ब्यक्तिमा महिनौ सम्म हुन सक्छ ।

कोरोनामुक्त भएकी जुली भन्छिन् -‘म लामो समय सम्म हिड्न सक्दिनथेँ, किनभने मलाई सास फेर्न एकदम गाह्रो हुन्थ्यो अनि बसौँबसौँ लाग्थ्यो । पहिला मलाई यस्तो अनुभुति कैले भएको थिएन ।’

गम्भिर लक्षण देखिने सम्भावना भएका व्यक्तिमा पाका उमेरका र विभिन्न स्वास्थ्य समस्या भएका व्यक्ति छन् । तर कसको शरीरमा के हुन्छ भन्ने कुरा संक्रमण नभइ थाहा हुँदैन । त्यसैले सबैले आफू सुरक्षित रहने उपाय गर्नु राम्रो हो । आफू सुरक्षित हुन तपाईँ कति सतर्क हुनुहुन्छ त ? एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्