Logo
|
Friday 19th April 2024
Logo

epaper

उपत्यकाको निषेधाज्ञाले निरन्तरता पाउला ? प्रमुख जिल्ला अधिकारीहरुको भर्जुअल बैठक



जनस्वास्थ्य सरोकार, काठमाडौं । उपत्यकाको निषेधाज्ञाबारे काठमाडौ, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख अधिकारीहरुले भर्जुअल बैठक शुरु गरेका छन् । उनीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकहरुबीच निषेधाज्ञालाई निरन्तरता दिने वा नदिने भन्नेबारे भर्चुअल बैठक सुरु गरेका हुन् ।

आज बेलुकासम्म उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति र जिल्ला संकत व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने समाचार माध्यमहरुले जनाएका छन् । काठमाडौं जिल्ला प्रमुख अधिकारी जनकराज दाहालका अनुसार, सो भर्चुअल राय सुझावको आधारमा गृह मन्त्रालयसँग समन्वय हुने छ र सोही अनुसार निषेधाज्ञालाई निरन्तरता दिने वा निधोषज्ञाको स्वरुप परिवर्तन गर्ने बारे निर्णय लिइनेछ । उपत्यकाको निषेधाज्ञा बुधबार रातिबाट सकिदैछ ।

 

प्रतिक्रिया दिनुहोस्