Logo
|
Friday 19th April 2024
Logo

epaper

कोभिड जित्नेहरुको संख्या बढ्दै, एकैदिन २२८७ जना डिस्चार्ज, ९०२ जना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा मंगलबार ९०२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ४८,१३८ पुगेको छ।

यसैगरी आज ६ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सय ६ को मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार  २४ घण्टामा २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४पुगेको छ । यो कुल संक्रमितको ६८.५ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ८६८ रहेको छ । हाल ८ हजार ५३ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ६ हजार ८१५ जना होम आइसोलेसनमा छन्। हाल ५ हजार ३१० जना क्वारेन्टाइनमा छन् । मंगलबार १०,६११ जनाको पिसिआर गरिएको छ । हाल पसिआर परीक्षणको संख्या ७ लाख ८८ हजार १७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्