काठमाडौं उपत्यकामा एकैदिन ३९६ कोभिड संक्रमित
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मुलुकमा मंगलबार ९०२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा संक्रमितहरुको संख्या ४८,१३८ पुगेको छ।
यसैगरी आज ६ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सय ६ को मृत्यु भएको छ । अहिलेसम्म मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४पुगेको छ । यो कुल संक्रमितको ६८.५ प्रतिशत हो । हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ८६८ रहेको छ ।
हाल ८ हजार ५३ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ६ हजार ८१५ जना होम आइसोलेसनमा छन्। हाल ५ हजार ३१० जना क्वारेन्टाइनमा छन् । मंगलबार १०,६११ जनाको पिसिआर गरिएको छ । हाल पसिआर परीक्षणको संख्या ७ लाख ८८ हजार १७४ पुगेको छ ।