Logo
|
Thursday 18th April 2024
Logo

epaper

नेपालमा थप १२४६ जनामा कोरोना पुष्टि, १८१८ निको भए, ५ जनाको मृत्यु

संक्रमितको संख्या ५० हजार नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बिहिबार १ हजार २ सय ४६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५०,४६५ पुगेको छ।

यसैगरी आज ५ जनाले कोभिड-१९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सय १७ को मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १,८१८ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५,७०० पुगेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ४४८ रहेको छ । हाल ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ६ हजार ४३८ जना होम आइसोलेसनमा छन्। हाल ५ हजार ८०६ जना क्वारेन्टाइनमा छन् । बिहिबार ११,१४४ जनाको पिसिआर गरिएको छ । हाल पसिआर परीक्षणको संख्या ८ लाख १० हजार ४८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्