Logo
|
Friday 26th April 2024
Logo

epaper

काठमाडौँमा ४९५ सहित उपत्यकामा एकैदिन ५७२ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

काठमाडौंका ४९५, भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  मुलुकमा बिहिबार १,२४६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा संक्रमितहरुको संख्या ५०,४६५ पुगेको छ।

यसैगरी आज ५ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सय १७ को मृत्यु भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १,८१८ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५,७०० पुगेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्