Logo
|
Friday 19th April 2024
Logo

epaper

अन्तरजिल्ला आवतजावत गर्दै हुनुहुन्छ ? ‘अब आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने’

१४ दिन क्‍वारेन्टाइन बस्दा कुनै लक्षण नदेखिए पीसीआर गर्नुपर्दैन



जनस्वास्थ्य सरोकार, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षणको आवश्यकता नपर्ने निर्णय भएको बताए । त्यसैगरी मन्त्रालयले कोरोनाको परीक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको छ ।

उनले भने, ‘पीसीआर महँगो र लामो विधि छ र रिपोर्ट आउन धेरै समय लाग्छ । एन्टिजेन टेस्टको आवश्यकता भएकोले परिमार्जनसहित निर्देशिका स्वीकृत निर्णय गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्