Logo
|
Monday 24th February 2025
Logo

epaper

पाटन अस्पतालमा उपचाररत काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६३ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो।

उनलाई भदौ २४ गते कोरोना संक्रमण देखिएको थियो। त्यही दिन अस्पताल भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको थियो। केही दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। उनलाई अन्य कुनै दिर्घ रोग नभएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्