Logo
|
Saturday 20th April 2024
Logo

epaper

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

सात दिनदेखि अनसनमा रहेका उनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनलाई अस्पताल पुराइएको हो । उता केसीले भने आफना मागहरु पूरा गर्न माग गरेका छन् र उनले आफूलाई जबरजस्ती अपहरण शैलीमा अस्पताल ल्याइएको भन्दै उपचार लिन अस्विकार गर्दै आएका छन्।

डा केसीले चिकित्सा शिक्षामा सुधारका ६ बुँदै माग राख्दै १९ औँ अनसन सात दिन अघि जुम्लाबाट शुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्