Logo
|
Friday 26th April 2024
Logo

epaper

औषधि व्यवस्था विभागले लगायो थप ९ कम्पनीको ह्यान्ड स्यानिटाइजरमाथि प्रतिवन्ध



जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीको ह्यान्ड स्यानिटाइजर माथि प्रतिवन्ध लगाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा मानव स्वास्थ्यलाई हानी गर्ने विषाक्त रसायन मिथानोलको मिश्रण भएको पाइएकोले ति ह्याण्ड स्यानिटाइजरमाथि प्रतिवन्ध लगाइएको विभागले जनाएको छ ।

जसमा हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर छन्। यस्तै इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइनर सर्वसाधारणलाइए प्रयोग नर्गन विभागले अनुरोध गरेको छ।

सोमबार ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्रीरवितरण नगर्न र नगराउन निर्देशन समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्