Logo
|
Thursday 25th April 2024
Logo

epaper

सरकार र अनसनरत डा. केसीबिच आज वार्ता हुँदै, के सरकारले डा. केसीको माग पुरा गर्ला त ?



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले अन्तत अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ ।  डा.  केसीसँग वार्ता गर्न सरकारले तिन सदस्यीय टोली समेत गठन गरेको छ । मङ्गलबार सरकारको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको  टोलीले डा. केसीलाई भेटेर अनशन त्याग्न आग्रह गर्दा उहाँले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सहितको वार्ता टोली गठन भएको छ ।

सरकारी वार्ता टोली र प्रा. डा. गोविन्द केसी पक्षबिच आज वार्ता हुने भएको छ । डा. केसीको पक्षबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा, डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी हुने स्रोतले जनाएको छ । सरकारी बार्ता टोलीका एक जना सदस्यले साढे १० बजे पछि शिक्षा मन्त्रालयमा बार्ता हुने तय भएको जानकारी दिनुभयो ।

डा. केसी अनसन बसेको २४ औँं दिनमा हिजो मात्र सरकारले वार्ता टोली बनाएको हो । डा. केसीको यो १९ औँ अनसन हो।

प्रतिक्रिया दिनुहोस्