Logo
|
Friday 19th April 2024
Logo

epaper

नक्कली डाक्टर पक्राउ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीरगंज महानगरपालिका २ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा गर्ने विन्दवासिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

तेलीले डाक्टर शिवशंकर (डा. एस.एस.यादब ) को नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्