Logo
|
Saturday 20th April 2024
Logo

epaper

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

रक्तचाप बढेका कारण धूम्बारारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझ नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्ने भएको छ ।

नेता खनाललाई रक्तचाप बढेपछि बुधबार अपराह्न ४ बजे उपचारका लागि अस्पताल लगिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्