Logo
|
Wednesday 24th April 2024
Logo

epaper

वितेको २४ घण्टामा थप १२१७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १०६४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९४.२ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६६३ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ । हाल देशभर ५१४ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्