Logo
|
Friday 26th April 2024
Logo

epaper

पीजी परीक्षा अन्योलमा, पर्सी पेसीः के होला त फैसला ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी तह) को परीक्षा अन्योल हुँदा विद्यार्थीहरु मारमा परेका छन् । परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका थिए । सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेकाले परीक्षा अन्योल भएको हो । अदालतको अन्तरीम आदेश कायम रहेकाले परीक्षाको मिती तोक्न अफ्ठेरो भएको राष्ट्रिय चिकित्सा आयोगले स्पष्ट पारेको छ । अदालतमा पर्सी २८ पुसमा पेशी तोकिएको छ ।


अदालतमा पीजीका विषयमा विदेशी कोटा, आरक्षण, सरकारी र करार लगायतका विषयमा मुद्दा परेको हो । न्यायाधिसहरुले यी सबै मुद्दाका विषयमा एकिकृत छलफल गरेर मात्र अगाडि बढ्ने राय दिएका छन् ।


सबै मुद्दाका विषयमा एकिकृत आदेश आएमा परीक्षाका विषयमा निर्णय लिन सकिने आयोगका एक अधिकारीले बताउनुभयो । आयोगले यसअघि असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो । यद्यपी सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको हो ।


राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीका अनुसार अदालतको अन्तरिम आदेश कायमै रहेकाले परीक्षा मिति तोक्न सकिएको छैन । आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो ।


गत साउनमा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ ले छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले एक वर्ष सेवा गरेपछि माथिल्लो तहमा अध्ययनका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

तर, स्वास्थ्य मन्त्रालयले स्थायीको हकमा दुई वर्ष र करार तथा अस्थायीको हकमा शर्तअनुसार सेवा अवधि पूरा नगेका विद्यार्थीलाई स्वीकृतिपत्र नदिएपछि विवाद उत्पन्न भएको हो । पिजि प्रवेश परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुले स्वास्थ्य मन्त्रालयले दुःख दिएको गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस्