Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड २१ लाख नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७ करोड २१ लाख ९ हजार ५१० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १६ लाख ११ हजार ६३७ जनाको मृत्यु भइसकेको छ भने ५ करोड ४ लाख ९२ हजार २५७ निको भएर घर फर्किसकेका छन् ।

यो समाचार तयार पार्ने समयसम्ममा कोरोनाबाट सबैभन्दा बढि प्रभबित देश अमेरिका भएको छ । अमेरीकामा ३ लाख ५ हजार ८२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १ करोड ६५ लाख ४९ हजार ३६६ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ९८ लाख ५७ हजार ३८० पुगेको छ भने अहिलेसम्म १ लाख ४३ हजार ५५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म २ लाख ४७ हजार ५९३ जना संक्रमित भएका छन् भने १ हजार ६८९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ लाख ३४ हजार २३१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्