Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौँ महानगरपालिका ‘मिर्गाैला बचाउ अभियान’ घोषणा गर्दै



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । २६ औं काठमाडौँ महानगर दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले ‘मिर्गाैला बचाउ अभियान’ घोषणा बारे जानकारी दिनुभएको हो ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने, अक्सिजन प्लाण्ट राख्ने, कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्रीसँगै पीसीआर मेसिन हस्तान्तरण गर्नेलगायतका काम गर्दै आएको छ ।

महानगरपालीकाका मेयर शाक्यले भन्नुभयो, ‘समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मिर्गौला सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्न लागेको हो ।’


दक्ष चिकित्सकको टोलीसहित ३२ वटै वडामा पुगी उक्त अभियान सञ्चालन गर्ने पनि जानकारी दिनुभयो । महानगर दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाले महानगरवासीको अभिमत लिन ‘अभिमत संकलन बुथ’ सञ्चालनमा ल्याएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्