Logo
|
Friday 26th April 2024
Logo

epaper

आयु बढाउन मन छ? कहिलेकाहीँ दिउँसो पनि सुते हुन्छ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सातामा एक वा दुई चोटि दिउँसो छोटो समय सुते मानिसको आयु बढ्ने एउटा अध्ययनले देखाएको छ।

कहिलेकाहीँ छोटो समय सुत्दा आयु बढ्न सक्ने वैज्ञानिकहरु बताउँछन ।

त्यसरी दिउँसो एक दुई झप्को मार्ने मानिसलाई अरूको तुलनामा मस्तिष्काघात तथा मुटुको रोग हुने जोखिम आधा कम हुने स्विट्जरल्यान्डस्थित यूनिभर्सिटी अफ लाउजेनका अनुसन्धाताहरूले बताएका छन् ।

राती राम्ररी सुतिएको छैन भने त्यसले निन्द्रा पनि पुग्छ । तर ख्याल गर्नुपर्ने कुरा के हो भने यसरी नियमित सुत्नुभने हुँदैन ।

६५ वर्ष भन्दा माथिका मानिसबारे यो अध्ययनले कुनै निष्कर्ष दिन सकेको छैन ।

के दिउँसो सुत्नु ठिक होला त ? सातामा दुइ चोटी २० मिनेट जति सुत्नु उपयुक्त हुने वैज्ञानिकहरुको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्