Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रभावकारी, सुरक्षित, भण्डारण क्षमता सुहाउँदो भ्याक्सिन हाम्रो प्राथमिकतामा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर कोरोना भाइरस विरुद्धका भ्याक्सिनहरु विकासका क्रममा छन् । फाइजर बायोएनटेकले विकास गरेको भ्याक्सिन प्रयोगमा आइसकेको छ । भ्याक्सिन कुनैपनि समयमा तयार हुनसक्ने भएकाले नेपाल सरकारले पुर्वतयारी थालेको छ । यसैसन्दर्भमा खोप विज्ञ एवम् भ्याक्सिन ल्याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको प्राविधिक सल्लाहकार समितिका संयोजक डा.श्यामराज उप्रेतीसंग गरिएको कुराकानी

नेपालमा भ्याक्सिन ल्याउन के तयारी हुँदै छ ?
भ्याक्सिन तयार हुने वित्तिकै ल्याउने किसिमले क्रियाकलाप भइरहेका छन् । लागत कति लाग्ने अनुमान भइसकेको छ । अहिले बनेको भ्याक्सिन तुरुन्त नेपालमा ल्याएर इमर्जेन्सी रजिष्ट्रेसन गर्नका लागी ऐनमा नै संशोधन भएको छ । खोप भण्डारणका लागी पनि तयारी भइरहेको छ ।

माइनस २ देखी ८ डिग्री सेल्सियसमा राख्ने खोप आएमा अहिले भएको कोल्ड चेनलेनै पुग्छ । माइनस २० डिग्री भन्दा माथि तापक्रममा भण्डारण गर्नुपर्ने खोप आए भौतिक पुर्वाधार थप्नुपर्ने हुन्छ ।

कति समयभित्र नेपालीले भ्याक्सिन लगाउन पाउँछन् ?
अहिले करिब दुइ सय भन्दा बढी भ्याक्सिनहरु परीक्षणका क्रममा छन् । तीमध्ये तेस्रो चरणमा १३ ओटा थिए । त्यसमा ३ ओटाले मात्र अन्तिम चरणको नतिजा निकालेको छ । अहिलेसम्म जनमानसमा प्रयोगका लागी सिफारिस भएको भ्याक्सिन फाइजरमात्र हो ।
अरु भ्याक्सिन पनि आउँदैनछ । नेपालका लागी बढी प्रभावकारी, सुरक्षित र पुर्वाधारसँग मिल्ने र कम मुल्यको भ्याक्सिन ल्याउने हिसाबले आधार बनेको छ । यसैलाई मध्यनजर गर्दै भ्याक्सिन विकासको चरण, भ्याक्सिन विकास गर्ने देशको नियमन निकानयले उत्पादन कर्ताले गरेको परीक्षणको आधारमा कति सुरक्षित, कति प्रभावकारी छ भन्ने एकिन गरेर मात्र लाइसेन्स दिने गर्छ । उक्त भ्याक्सिनले लाइसेन्स प्राप्त नगरी किन्न सकिदैँन ।

फाइजरले विकास गरेको भ्याक्सिन बाहेक अन्य कुनै पनि भ्याक्निसले लाइसेन्स पाएको छैन । लाइसेन्स नभएको भ्याक्सिन प्रयोगमा ल्याउनु भनेका क्लनिकल ट्रायल गर्नु हो । सम्बन्धित देशमा लाइसेन्स पाएको भ्याक्सिन नेपालमा ल्याउन औषधि व्यवस्था विभागसँग अनुमती लिनुपर्ने हुन्छ ।

त्यसकालागी व्यवस्था मिलाइसकेका छौँ ।
२० प्रतिशत नेपालीलाई कोभ्याक्स अन्तर्गत ‘डब्लुएचओ गाभी’ ले अनुदान स्वरुप दिँदैछ । नेपालमा डब्लुएचओले मान्यता दिएको भ्याक्सिन मात्र आउँछ । हालसम्म कुनैपनि भ्याक्सिनलाई डब्लुएचओले मान्यता दिएको छैन ।

सरकारले कुन भ्याक्सिनलाई प्राथमिकतामा राखेको छ ?
नेपालको सन्दर्भमा उत्पादन भएका मध्येमा सबैभन्दा प्रभावकारी, सुरक्षित, भण्डारण क्षमतालाई सुहाउँदो भ्याक्सिनलाई बढी प्राथमिकतामा राखेका छौँ । विशेषगरी दुइदेखी आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने भ्याक्सिनको खोजीमा छौँ । त्यो पनि भएन भने माइनस २० डिग्रीसम्म भण्डारण गर्न सक्ने भ्याक्सिन लिन सकिन्छ । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भ्याक्सिन लागी हामीसँग अहिले पुर्वाधार छैन । यदि त्यो भ्याक्सिन ल्याउने हो भने पुर्वाधार बनाउनका लागी छ महिना देखी एक वर्ष लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्