Logo
|
Saturday 20th April 2024
Logo

epaper

‘लक्षण नदेखिएका सङ्क्रमित १० दिनमात्रै आइसोलेसनमा बसे हुन्छ’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अबदेखि कोरोना सङ्क्रमित भएमा र लक्षण नदेखिएमा १० दिन मात्र आइसोलेसनमा बसे पुग्न भएको छ । लक्षण नदेखिएका सङ्क्रमितबाट १० दिन पछि कोरोना नसर्ने भएकाले १४ दिनको सट्टा आइसोलेसन अवधि १० दिनमा झारिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब देखि कोरोना पोजेटिभको रिपोर्ट आएको मितिले दश दिन मात्र आईसोलेसनमा बस्नु पर्ने निर्णय गरेको छ । लक्षण नभएका र गम्भीर अवस्थाका कोरोना सङ्क्रमितहरु दश दिन मात्र आईसोलेसनमा बस्नु पर्ने चिकित्सकहरुको सल्लाह बमोजिक निर्णय गरिएको सह प्रवक्ता समीर अधिकारीले बताउनुभयो ।

तर लक्षण भएका र गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितहरु सन्चो भएपछि मात्र बाहिर निसक्न मिल्ने उहाले जानकारी दिनुभयो । यस्तै अन्तराष्ट्रिय सीमा नाका तथा हवाई उडान सुचारु भएसँगै मन्त्रालयले नेपाल प्रवेश गर्नेले अनिवार्य दश दिन क्वारेनटिनमा बस्नु पर्ने निर्णय पनि गरेको छ । साथै संक्रमितको सम्पर्कमा आएका व्यक्ति पनि अनिवार्य १० दिन क्वारेनटसनमा बस्नु पर्ने छ । साथै मन्त्रालयले कोही व्यक्ति सङ्क्रमित भएमा अनिवार्य १० दिन आइसोलेसनमा बस्ने र बसाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।यसैबीच पछिल्लो २४ घण्टामा नेपालभरि ७७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ३०८ महिला र ४६८ पुरुष सङ्क्रमित भेटिएका हुन्। अहिले देशभर ९ हजार ५सय ८० जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्