Logo
|
Sunday 19th May 2024
Logo

epaper

शुक्रबार ७८२ जना कोरोना संक्रमित थपिए, १०२९ निको, १६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वितेको २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पीसीआर परीक्षण भएको छ । आज थप १०२९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९५.६ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७६५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ । हाल देशभर ४२७ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्