Logo
|
Friday 29th March 2024
Logo

epaper

महिलामा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या, छुटकारा पाउन के गर्ने ?



स्त्री शरीरको रचना धरै जटिल तरीकाले गरिएको छ । आफ्नो जीवनमा स्त्रीहरु धरै मुस्कील स्थितिबाट ग्रुज्रिरहेका हुन्छन् । जब स्त्री स्वस्थ्य हुन्छन् तब मात्र सबै घर परिवार पनि स्वास्थ्य रहन्छन् अनि मात्र स्वस्थ्य समाजको निमार्ण हुन्छ। महिलाहरुले अफ्नो स्वास्थ्य राम्रो राख्नको लागि कुन उमेरमा कसरि आफनो स्वास्थ्यको ख्याल राख्नु पर्छ त्यसबारे जान्नु अति आवश्यक हुन्छ । जब सम्म तपाईको स्वास्थ्य राम्रो हुँदैन तब सम्म अरुको ख्याल राख्न सक्नु हुँदैन् । त्यसैले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने हुन्छ ।

प्री मेंस्टुअल सिंड्रोम
महिनावारी हुनु भन्दा केहि दिन पहिले शारीरिक र मानसिक परिर्वतनको प्री मेंस्टुअल सिंड्रोम भनिन्छ । यो स्थिति महिनावारी हुनु भन्दा ५ –६ दिन पहिले देखि हुन थाल्छ । यस्तो अवस्थामा तल्लो पेट दुख्नु , टाउको र कम्मर दुख्ने ,भोकमा परिर्वतन हुनु , तनाव, चिडचिडापन, चिन्ता ,जस्ता लक्षणहरु देखा पर्छ ।
के गर्ने
यो सामान्य समस्या हो । यस्तो समयमा हल्का पौष्टिक खानेकुरा खाने , सक्रिय जिवनशैली राख्ने प्रयास गर्ने , विभिन्न किसिमको शारीरिक व्यायाम गर्ने र तनावबाट टाढा रहने प्रयास गर्ने ।
गर्भकालको समस्या
महिलाको जीवनमा दोस्र अध्याय हो गर्भकाल । गर्भधारणको लागि सामान्य २० देखि ३५ वर्ष सम्मको उमेर हुने गर्छ ।
गर्भपतन : गर्भपतन या मिसकैरिज अधिकतम पहिलो हप्तामा हुने गर्छ । पहिलो ट्राइमेस्टर १३ हप्ताको दौरानमा हुने आधा भन्दा बढि गर्भपतन क्रोमोसोमल असन्तुलनको कारणबाट हुने गर्छ । धरै पटक गर्भपतन पनि हुन सक्छ । वा भु्रणको केहि भाग बाहिर र केहि भित्र पनि हुन्छ ।
के गर्ने : यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई देखाउनु पर्छ । समयमा नै उपचार गर्यो भने भविष्यमा पुन यस्तो समस्याबाट बच्न सकिन्छ ।

रोग लागेर उपचार गर्नु भन्दा राम्रो उपाय रोग लाग्न नदिनु नै हो । स्त्री अफ्नो जीवनमा धरै अलग अलग स्थिितिको सामना गर्नु पर्छ । प्रकृतिले महिलाको शारीरिक संरचना धरै जटील ढंगबाट निमार्ण गरेको छ । उनिहरुलाई जीवनका फरक फरक परिस्थितिको सामना गर्नुपर्छ । सुरुवात हुन्छ महिनावारीबाट र मेनोपाँज सम्म यो सिलसिला रहिरहन्छ । जरुरत हुन्छ कि यो पुरै समयमा हुने समस्यहरुको बरेमा महिलाहरुले जानकारी राख्नुपर्छ ।
मेंस्टुअल डिसाँडर
नेपालमा अनुमान १३–१४ वर्षको उमेरबाट महिनावारीको सुरुवात हुन्छ । महिनावारीको समयमा पनि विभिन्न समस्याहरुको सामना गर्नु पर्छ ।
प्रिकाँशस प्यूबर्टी (Pre-cocious Puberty) : नौ वा १० वर्षको उमेरबाट केटिहरुमा महिनावारी शुरु हुनु ।
डिलेड प्यूबर्टी (Delayed Puberty ) :१५ – १६ वर्षको उमेर पछि महिनावारी शुरु हुनु ।
एमेनोरिया ( Amenorrhoea ): महिनावारीनै शुरु नहुनु ।
मेनोरेजिया (Mernorrhagea): महिनावारी ठिक हुनु तर महिनावारीको समयमा ब्लीडिंग धरै हुनु ।
मेट्रोरेजिया ( Metrorrhagea ) : महिनावारी अनियमित हुनु ।
एपिमेनोरिया वा पाँलिमेनोरिया ( Epimenorrhoea or Polymenorrhoea ) ः महिनावारी सामान्य हुनु तर २५– २८ दिनमा नभएर २१ दिनमा हुनु ।
ओलिगोमेनोरिया ( Oligeomeno-rrhoea ): दुई पटकको महिनावारीको अन्त्तराल २५ – २८ दिनको नभएर ३५या ४० दिन हुनु ।
हाइपोमेनोरिया ( Hypomenorrhoea) : महिनावारी सही समयमा हुनु तर यसको अवधी ५ नभएर १–२दिन मात्र हुनु ।
डिसमेनोरिया (Dysmenorrhoea): महिनावारीको समयमा अध्याधिक पिणा हुनु ।
के गर्ने
यी मध्य कुनै पनि समस्या भएमा स्त्री रोग विशेषज्ञको सल्लाह अनुसार उपचार गर्नु पर्छ । पौष्टिक युक्त खानेकुराको अलवा संन्तुलीत सक्रिय जीवनशैली अपनाउनु पर्छ ।

खास समस्या: गर्भवस्थाको समयमा एनीमिया , व्लड प्रेशर ,डाइबेटीज , पेट भित्र बच्चाको विकास नहुनु , समय अगाडिनै ब्लीडिंग हुने जस्ता समस्या आउन सक्छ । यसको लागि गर्भअवस्थाके शुरुवाताको समय नजीकैको स्त्री रोग विशेषज्ञलाई देखाउनु पर्छ । विशेषज्ञको सल्लाह अनुसार उपचार गर्नु पर्छ ।


इन्फर्टिलिटी : यसको महत्व पूर्ण कारण भनेको ढिलो वीवाह ,मानसिक – शारीरिक तनाव , अध्याधिक व्यस्तताको कारण पति पत्नीको बिचको शारीरिक संबन्ध नहुनु । यसको अलवा अन्य कुनै गम्भीर कारण पनि हुन सक्छ ।
के गर्नेे : यदि साथ भएन भने वा संम्बन्ध बनाउएर पनि एक वर्ष सम्म गर्भधरण भएन भने पतिपत्नीले विशेषज्ञ सँग सल्लाह गरि सब्रै जाँच गराउनु पर्छ ।
मेनोपाँज : नयाँ शुरुवात
नेपालमा मेनोपाँजको औषत आयु ४५ देखि ५० बर्ष विचको हुन्छ । मेनोपाँज पहिले ४ , ५ वर्ष सम्म महिनावारीमा अनियमित हुन्छ ।यदि एक वर्ष सम्म महिनावारी भएन भने सम्झनुहोस् मेनोपाँज भयो भनेर । यो उमेरमा ओवरीको कार्यक्षमता कम हुन्छ । एस्ट्रोजन वा प्रोजेस्टेरो जस्ता हर्मस् कम उत्पादन हुन थाल्छ ।
कुनै परिश्रम विना नै पसिना आउनु , गर्मी वा चिसो धरै हुनु ,टाउको दुख्नु , चिडचिडापन हुनु , लगायता शारीरिक मानसिक लक्षण देखा पर्न जान्छ ।यस्तो अवस्थामा यूटिआईको समस्याको साथसाथै गर्भशायको समस्या र स्तन क्यानसरको समस्या समेत हुन सक्छ । हाडजोर्नी सँग जोडीएको रोग, व्लड प्रेशर , सुगर ,जस्ता रोगहरुको समेत सुरुवात हुन सक्छ ।

के गर्ने
४० वर्ष पछि वर्षको एक पटक पैप टेष्ट ,मेनोग्राफीव पेल्विक अल्ट्रासाउड अनिर्वाय जाँच गराउनु पर्छ । लिपिड प्रोफाइल , बोनडेन्सिटी टेस्ट,सुगर वा ईसीजी, जाँच गराउनु पर्छ ।
चेतावनी बनेको छ आठ समस्या

गलत खानपान र खराब जीवनशैलीको दोष हो या कमजोर रोग प्रतिरोधक क्षमताको , तर यो साँच्चो हो कि केहि खास रोग महिलाहरुलाई धरै नै आक्रमण गरेको हुन्छ ।
स्तन क्यान्सर
विश्वमा एक फीसदी मृत्यू स्तन क्यानसरको कारणबाट हुने गर्छ । यसको ठिक ठिक कारण त बताउँन पनि सकिदैन् , तर ढिलो विवाह , ढिलो गर्भधारण , वा धरै तौल हुनु पनि यसको कारणको रुपमा लिइन्छ ।
लक्षण
स्तनमा गाँठो भएको महशुस हुनु ।स्तन र निपलको आकार र रंगमा परिर्वतन र निपलमा डिस्चार्ज देखिन्छ । त्यस्तै गरि धरै भन्दा धेरै गाँठो नदुख्ने हुन्छ ।

डक्टरको सल्लाह
महिनावारी पछि स्तनको आफै जाँच गर्नुहोस् ।यदि यसको आकारमा कोहि परिर्वतन आएको छ भने , या निपलबाट असामान्य डिस्र्चाज हुन्छ भने तुरुन्त स्त्री रोग विशेषज्ञ सँग उपचार गराउनु पर्छ ।आफ्नो जीवनशैलीलाइै बदल्नुहोस् । नियमीत व्यायाम गरेर तौलको नियन्त्रणमा राख्नुहोस् । यसको साथसाथै हरियो सागपात र तजा फलफुल खाने गर्नुहोस् ।

पाँलिसिस्टिक ओवेरियन डिजीज ( पिसीओडी )
प्रजनन समयमा (१३ देखि ३५ वर्षको उमेर को बीच ) ५ देखि १० फीसदी महिलाहरुलाई यो समस्याले घेरेको हुन्छ । यो रोग हार्मोको असंतुलनको कारणबाट हुने गर्छ । यसमा ओवरी मा सानो – सानो सिस्ट बन्छ र गर्भधारणमा समस्या आउन सक्छ ।
लक्षण
अनियमित महिनावारी , एक्ने अवांछि बाल उम्रने , कपाल झर्ने , गर्भधारणमा समस्या आउने , तौल बढ्ने , ओबेसिटी एवं इनसुलिन बढ्ने ।
डक्टरको सल्लाह
यो मध्य एउटा पनि लक्षण देखिने वितिकै डक्टरक सँग सम्पर्क गर्नुहोस् । यसको उपचार भएन भने पछि गएर टाइप टू डायबिटीज वा हृदय रोग हुन सक्ने सम्भावना हुन्छ । स्त्रीलाई गर्भधारण गर्नमा समस्या हुन सक्छ । यसबाट बच्नको लागि जकं फुड नखानु । टिनएजर केटिहरुमा शुरुबाट एरोबिक्स, साइक्लिगं , गरे भने भविष्यम हुने यस्तो समस्या हुन नै पाउँदैन् ।

यूटरिन फाइब्राँयड्स
गर्भशायको फाइब्राँयड्स आनुवंशिक हुन सक्छ ।कति पटक खराब जीवनशैली पनि यसको कारण बन्न सक्छ ।
लक्षण
गर्भवती स्त्री जस्तो पेट बढ्नु ,तल्लो भागमा भारीपन र पिणा हुनु ,धरै रगत बग्नु दुइ महिनावारी को बीच मा स्पाँटिग हुनु । यसबाहेक फैलोपिन ट्यूब को बाँध्ने या यो यूटरिन लाइनिंग पास भयो भने गर्भधारणमा समस्या आँउछ । र गर्भपतन पनि हुन सक्छ ।
डक्टरको सल्लाह
खानपान र व्यायाममा ध्यान दिनुपर्छ । आँर्गेनिक फुड, फल र हरियो साग संब्जी धरै भन्दा धरै खान सक्यो भने यस बाट बच्न सकिन्छ ।
पेल्विक इन्फ्लेमेटरी डिजीज
यो एक प्रकारको इन्फेक्सन हो जो यूटस,फैलोपिन, ट्यूब्स वा ओवरीजमा हुन्छ ।
लक्षण
वजाइनल डिस्चार्ज ,इंटरकोर्समा पिणा ,हल्का जोरो आँउछ र क्रोनिक पेल्विक दुख्ने हुन्छ ।
डक्टरको सल्लाह
यो लक्षण देख्ने वितिकै तुरुन्त स्त्री रोग विशेषज्ञलाई देखाउनु होस् ।
सर्वाइकल कैंसर बुझिन
लक्षण
दुई पटकको महिनावारीको बिचमा अचानक रगत बग्नु , दुर्गन्ध युक्त वाइजल डिस्चार्ज हुनु
डक्टरको सल्लाह
एक वर्षमा एक पटक पैप जाँच गर्नु पर्छ । यसको लक्षण देख्ने वित्तीकै चिकित्सक सँग सल्लाह लिनुहोस् ।
एंडोमेट्रियल कैंसर
एंडोमेट्रियल या युट्रस लाइनिंगमा हुने कारणले गर्दा डायबिटीज ,हाई ब्लडप्रेसर ,र तौल बढ्ने समस्या हुने गर्छ ।
लक्षण
अनियमित महिनावारी र ,धरै रगत बग्ने , मेनोपाँज पछि पनि स्पाँटिग एनिमिया वा बजाइनल डिस्र्चाज ।
ओवरियन कैंसर
यो ४० वर्षको उमेर पछि लाग्ने रोग हो । जसको परिवारमा पहिला कोसैलाई यो रोग लागि सकेको छ भने वा कोहि गर्भवती नभएको होस् पहिलो गर्भवती ३० वर्षको उमेर पछि भएको भए पनि । स्तन क्यानसरले ग्रस्त स्त्रीमा पनि यो भएको आशंका हुन्छ ।
लक्षण
पेट फुल्ने , दुख्ने , भोक लाग्दैन् , डायरीया ,कमर दुख्ने , तौल घट्ने ,सेक्स सवन्धमा पिणा हुने , रगत बोग्ने ।

डक्टरको सल्लाह
सुरुवातको समयमा यो रोगको लागेको थाहा भयो भने यसको उपचार सम्वभ छ । यस कारण ढिला नगरिकन यसको उपचार गर्नु पर्छ ।

सेल्फ केयर
थाइरायड
विश्वमा लगभग १० महिलहरुमा यो रोग लागेको पाइन्छ । थकान एकाएक तौल घट्ने वा बढ्ने , भोक नलाग्ने , छालामा रुखोपन जस्ता लक्षणहरु देखा पर्छ । यस्तो लक्षण देखिन थाले पछि तुरुन्त डक्टरलाई देखाउनु पर्छ ।
ब्लड प्रेशर
एक सर्वेक्षणका अनुसार महिलाहरुमा ब्लडप्रसरको समस्या कम हुन्छ भन्ने धारणा गलत साबित भएको छ । समयमा नै ध्यान दिएन भने मुटुको रोगको समेत खतरा हुन्छ । २५ वर्षको उमेरपछि खानामा फिटनेस र कोलेष्ट्रोलमा ध्यान दिनुपर्छ । धुम्रपान सेवन गरेमा पनि यसको खतरा बढि हुन्छ । यस रोगबाट बच्नका लागि समयसमयमा रगतको जाँच गराउनु पर्छ ।
अष्ट्रिपोरोसिस

हड्डिसँग सम्बिन्धित यो रोग अनुमानित ३५ वर्षपछि उमेरमा लाग्ने सम्भावना हुन्छ । बढि उमेरमा बोनमास कम बन्छ । क्याल्सियम वा भिटामिन डिको कमी यो रोग लाग्नुको मुख्य कारण हो । धुम्रपान तथा मद्यपानको सेवन धेरै गर्नाले पनि यो रोग छिटो देखा पर्न सक्छ । यसका साथै असन्तुलित भोजनका कारणले पनि यो रोग लाग्न सक्छ । ३५–४० वर्षको उमेरमा बोन डेंसिटी टेस्ट गराउनु आवश्यक छ ।
स्ट्रोक

डाइबेटिज, हाइपरटेन्सन, जंक फुड निश्क्रिया जीवनशैली तथा काममा तनावको कारणले यो बढ्न सक्छ । त्यसैले तनाव नलिइ सक्रिय जीवन बिताउनु नै यसको रोकथामको उपाए हो ।

प्रतिक्रिया दिनुहोस्