Logo
|
Friday 14th March 2025
Logo

epaper

एम्बुलेन्सले ठक्कर दियो, १ जनाको मृत्यु, २ जना घाइते



नेपाल हेल्थ न्युज, सर्लाही । सर्लाहीमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको ।

सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरियाबाट मलंगवा तर्फ आउँदै गरेको एम्बुलेन्सले ठक्कर दिँदा वडा नं. ३ बस्ने ५५ वर्षीय जयप्रकास जयसवालको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट मलंगवा नगरपालिका वडा नं. ४ बस्ने ५२ वर्षिय जितु राय र देश भारत सितामढी बस्ने २० वर्षिय राकेश गुप्ता गम्भिर घाइते हुनुभएको छ ।

दुर्घटनामा घाइते मलङ्गवा नगरपालिका–४, का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि शुक्रबार बिहानपख जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्