Logo
|
Thursday 28th March 2024
Logo

epaper

नयाँ प्रजातिको कोरोना भाइरस: कसरी बच्ने ?



डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

जनस्वास्थ्य सरोकार । बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं । यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन । भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहन्छ, त्यहि क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो ।

पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्दछ । उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशत बढी अर्थात १७ सय जनालाई संक्रमण गराउन सक्छ ।


यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ । आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन । यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो ।


अन्य व्यक्तिसंग भेट्दा मास्क सहि तरिकाले अनिबार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन ।


आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो ब्यायाम गर्ने ( जाडोमा मर्निंग वाक नगर्नु राम्रो), तनाब नलिने, राति ८/९ घण्टा सुत्ने, मौसमी फलफुल खाने, औषधिसेवनले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै संगै जानेछ ।
जेष्ठ नागरिक तथा दीर्घ बिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो हुन्छ ।
(यो लेख डा.पाण्डेको फेसबुकबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्