Logo
|
Saturday 20th April 2024
Logo

epaper

खोपले रियाक्सन भएको शुरूमा कसरी थाहा पाउने ?



डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

जनस्वास्थ्य सरोकार, काठमाडौं । खोप लगाएपश्चात् केहि व्यक्तिहरुमा साइड इफेक्ट देखिने गरेको छ । विभीन्न देशहरुमा खोप लगाउँदा साइड इफेक्ट देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्वाश्प्रश्वास प्रणाली – घाँटी च्यापेजस्तो अनुभव हुनु, सास फेर्दा घ्यारघ्यार हुनु, सास छोटो भएजस्तो लाग्नु, खोकी लाग्नु ।
पाचन प्रणाली– वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु ।
मुटुसम्बन्धी– रिंगटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, अचानक ब्लड प्रेसर घट्नु ।

छालाः
शरीरभर फोका उठ्नु, चिलाउनु, ओठ र मुहार र घाँटी सुन्निनु ।

स्नायु प्रणालीः
बेहोश हुनु, मुखबाट फिँज आउनु, मुखको प्यारालाइसिस हुनु, कोमामा जानु आदि ।
जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले सामाजिक संजालमा राखेको सामाग्रिबाट साभार

प्रतिक्रिया दिनुहोस्