Logo
|
Friday 29th March 2024
Logo

epaper

‘कोभ्याक्स’ बाट भ्याक्सिन पाउने पहिलो मुलुक बन्यो घाना



Photo: UNICEF

जनस्वास्थ्य सरोकार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाईमा खरिद गरिएको कोभाक्स सुविधाको खोप अफ्रिकी मुलुक घाना पुगेको छ । डब्लुएचओले गरिब मुलुकहरुलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना गरेको छ ।

घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित छ लाख थान कोभिसिल्ड खोप उपलब्ध गराएको छ । यो खोप बुधबार घाना पुग्दैछ ।

उक्त खोप मुम्बईबाट घाना पठाइएको छ । कोभाक्सले सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोभिड–१९ विरुद्धको खोप दुई अर्ब डोज उपलब्ध गराउँदैछ ।

के हो कोभ्याक्स ?
विश्वभरका सबैको खोप प्राप्त गरुन भनेर यो कार्यक्रम शुरु गरिएको हो । कोभ्याक्सले खोप उत्पादकहरुसँग मिलेर सन् २०२१ मा २ अर्ब डोज खोप वितरण गर्ने छ । त्यसमध्ये धेरै खोप गरिब देशहरुमा जानेछ । त्यहाँका जनसंख्याको २७ प्रतिशतलाई सो खोप दिइनेछ ।
कोभ्याक्सले कसरी काम गर्छ ?
कोभ्याक्सको नेतृत्व विश्व स्वास्थ्य सँगठन र अन्य अन्तराष्ट्रिय संस्थाहरुले गरिहेका छन् । यसलाई परोपकारी संस्था, दाता र धनी देशहरुले सहयोग गरिरहेका छन् । यसमा १८० भन्दा बढी देशहरु अवद्ध छन् । कोभ्याक्सले गरिब देशलाई निःशुल्क खोप वितरण गर्छ । सहभागी सबैका लागि कोभ्याक्स लाभदायक छ ।

प्रतिक्रिया दिनुहोस्