Logo
|
Tuesday 14th January 2025
Logo

epaper

दम र सिओपिडीका बिरामीलाई खुशीको खबर : उच्च गुणस्तरीय ड्राइपाउडर इनहेलर नेपालमै उत्पादन (भिडियो)



नेपाल हेल्थ न्युज, काठमाडौँ । विगत २ दशकदेखि नेपालमा औषधि उत्पादनको क्षेत्रमा क्रियाशील एमडिएच फर्मास्युटिकल प्रा.लि.ले देशमै पहिलोपटक ड्राइपाउडर इनहेलर बजारमा ल्याएको छ ।

डिभाइसको माध्यमबाट फोक्सोका बिरामीले तान्ने यो पाउडरले १२ देखि २४ घण्टासम्म काम गर्छ । आयातित औषधिको तुलनामा यो उच्च गुणस्तर र सस्तो रहेको छ । नेपालमा उत्पादित ड्राइपाउडर इनहेलरले छोटो समयमा नै डाक्टर र बिरामीको मन जित्न सफल भएको छ ।

ड्राइपाउडर इनहेलर खरीदका लागि नेपालबाट बर्षेनी २ सय करोड रुपियाँ विदेशिने गरेको अनुमान छ । ड्राइपाउडर इनहेलर औषधिमा मुलुकलाई आत्मनिर्भर गराउन कम्पनिले करिब एक दशकसम्म निरन्तर रिसर्च एण्ड डेभलप्मेन्ट गरेको थियो ।

भिडियो हेरौँ :

प्रतिक्रिया दिनुहोस्