Logo
|
Wednesday 24th April 2024
Logo

epaper

किन गरे डा.गोविन्द केसीले अनसन स्थगन ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले पुर्व घोषणा गरिएको अनसन स्थगित गर्नुभएको छ । माइतीद्धर मण्डलामा पत्रकार सम्मेलन गर्दै आज बुधबार देखि सुरु गर्ने भनिएको अनसन स्थगित गर्नुभएको हो ।


डा. केसीले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएको भन्दै आफ्नो अनसन स्थगित गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-‘आफुसँग विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहन्छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल साबित भएको छ ।’


संविधानमाथिको ओलीको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याएको भन्दै केसीले अनशन स्थगित गरेको पत्रकार सम्मेलन मार्फत् जानकारी दिनुभयो ।


विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म आफ्नो सत्याग्रह जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउन आफ्नो अभियान निरन्तर रहने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्