Logo
|
Friday 29th March 2024
Logo

epaper

पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर थप ९४ जनामा कोरोना संक्रमित थपिएका छन । योसंगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक जना संक्रमितले ज्यान गुमाउनु परेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २,०६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्