Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतमा मार्चदेखि दोस्रो चरणको खोप अभियान सुरु



जनस्वास्थ्य सरोकार । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्चदेखि सुरु हुने भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु गर्ने र ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने जनाएको हो ।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोपको व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् ।

निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन, चार दिनपछि तोकिने छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्