Logo
|
Friday 19th April 2024
Logo

epaper

क–कसलाई कसरी लगाइदैंछ, फागुन २३ देखि कोरोनाविरुद्धको खोप ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई तिव्रताका साथ अघि बढाएको छ । हालसम्म चार लाख २९ हजार सात सय पाँच जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।लक्षित समुहको ८५ प्रतिशतलाई खोप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जुन नेपालको कुल जनसंख्याको एक दशमलब चार प्रतिशत हो ।

आगामी फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ । यो अभियानमा दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष उमेर माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप समुदायस्तरमै गएर दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।


उक्त अभियानमा विश्व विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई पनि खोप दिइने तयारी छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत् खोप शाखा प्रमुखअ डा.झलक शर्मा गौतमले भन्नुभयो, ‘खोप अभियानमा आवश्यक पर्ने खोप तथा खोपजन्य सामाग्रीहरुको आवश्यक परिमाणको सुनिश्चित गरि प्रदेश, जिल्ला तथा खोप केन्द्रसम्म पु¥याउने व्यवस्था मिलाइएको छ ।’


हालसम्म यो खोप लगाएका कुनै पनि व्यक्तिलाई जटिल खालको अनपेक्षित असरहरु देखिएका छैनन् । यो खोप १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरु, गर्भवतीहरु र यही खोपको पहिलो मात्रा लगाउदा गम्भिर एलर्जी भएका व्यक्तिहरुलाई यो खोप दिइने छैन ।

प्रतिक्रिया दिनुहोस्