दुईलाख रुपियाँ घुुस लिदैँ गर्दा औषधि व्यवस्था विभाग विराटनगरका अधिकृत पक्राउ
जनस्वास्थ्य सरोकार, मोरङ । नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृत घुसरकमसहित पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको हो ।
कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’बाट पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिनुभयो ।
करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।