Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काँग्रेस नेता जोशीको उपचारमा संलग्न डाक्टर भन्छन्ः बचाउन प्रयासमा छौं, स्थिति गम्भिर छ



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्व मन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मस्तिष्कघात भएपछि नर्भिक अस्पताल भर्ना भएका उहाँको अवस्था गम्भिर रहेको हो ।

यद्यपी सुधार हुने सम्भावना कायमै रहेको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले बताउनुभयो । नर्भिक अस्पताल आइपुग्दा जोशी कोमाको अवस्थामा रहेको डा. झाले बताउनुभयो ।

आफ्नो बायाँ खुट्टा र त्यसपछि हात चल्न छाडेपछि अस्पताल लैजान जोशीले परिवारलाई भनेका थिए । वीर अस्पताल पुगुञ्जेल बोलिरहेका उनी बिस्तारै बेहोस् भएका थिए। त्यहीँ सिटी स्क्या गर्दा टाउकोमा पानी जमेको पाइएको डा. झाले बताउनुभयो ।


डा झाका अनुसार नेता जोशीलाई नर्भिक अस्पतालमा सास फेर्न सहज होस् भनेर आकस्मिक इन्ट्युवेसन गरिएको थियो । नर्भिक अस्पतालले पत्रकार सम्मेलन गर्दै नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखिएको जानकारी दिएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको थियो ।


शरीरको देब्रेपट्टी समया देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो । वीर अस्पतालमा लग्दै गर्दा उहाँ बोल्न सक्ने अवस्थामै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्