Logo
|
Saturday 20th April 2024
Logo

epaper

जोन्सन एण्ड जोन्सन भ्याक्सिनलाई अमेरिकामा प्रयोगका लागि अनुमति



जनस्वास्थ्य सरोकार । कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनबाट अमेरिकामा प्रयोगका लागि अनुमति दिइएको छ। अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले शनिबार यो भ्याक्सिनलाई अमेरिकामा प्रयोगका लागि आपतकालिन अनुमति प्रदान गरेको हो।

यो अब अमेरिकामा उपलब्ध एकडोज लगाएमात्र पुग्ने पहिलो भ्याक्सिन भएको दावी गरिएको छ। यो सँगै अमेरिकामा उपलब्ध कोरोनाबिरुद्धको तेश्रो भ्याक्सिन बनेको छ। जोन्सन एण्ड जोन्सनको भ्याक्सिन विभाग जान्सेनले बनाएको यो भ्याक्सिन सुरक्षित र प्रभावकारीमात्र नभई भण्डारण गर्न र लगाउन समेत सहज रहेको बताईएको छ। भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन स्वीकृत गरिएको छ।

बुधबार सार्वजनिक गरेको रिभ्यु अनुसार यो भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको तथा अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्न पूर्णरुपमा सफल भएको निष्कर्ष निकालिएको छ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएको ४ हप्तापछि कोरोनाबाट बिरामी हुनबाट रोक्न समग्रमा झण्डै ६६ प्रतिशत प्रभावकारी देखिएको छ। सिकिस्त बिरामी हुनबाट रोक्न भने ८६ प्रतिशत प्रभावकारी रहेको छ। अमेरिकामा समग्र प्रभावकारिता ७२ प्रतिशत मापन गरिएको छ।

मोडेर्ना र फाइजरका भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेका छन्।अब जोन्सन एण्ड जोन्सनले आगामी सातादेखि नै २ मिलियन डोज डेलिभर गर्नेछ भने २० मिलियन डोज भ्याक्सिन मार्चमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्