Logo
|
Thursday 25th April 2024
Logo

epaper

खोप खरिदमा सरकार तल्लिन, असारभित्र २ करोड १८ लाख जनालाई खोप लगाउने लक्ष्य



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकार कोरोना भाइरस संक्रमण विरुद्ध खोप खरिद गर्न लागिपरेको छ । हालसम्म सेरम इन्स्टिच्युटले उत्पादन गरेको २० लाख डोज खोप आइसकेको छ । आगामी असारभित्र कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप लगाउने योजना अनुरुप सरकारले खोप खरिद प्रकृयालाई जारी राखेको हो ।


नेपालले केही दिनमा थप आठ लाख २४ हजार डोज कोभिड-१९ बिरुद्धको खोप अनुदान सहयोगमा पाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच लाख डोज चीन सरकारको सहयोगमा र तिन लाख २४ हजार डोज खोप कोभ्याक्स फ्यासिलिटी अन्तर्गत् पाउने भएको हो । कोभ्याक्स अन्तरगर्त कुल २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप अनुदानमा आउने भनिएपनि तत्काल भने नेपालले ३ लाख २४ हजार डोज खोप पाउने भएको हो ।


यस्तै, नेपालमा फेरी थप ५० लाख डोज खोप खरीद गर्ने तयारी थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० लाख डोज ‘कोभिसिल्ड’ खोप खरिद गर्ने तयारी थालिएको हो । हालसम्म भारत सरकारले उपहार स्वरुप उपलब्ध गराएको १० लाख डोज र खरीद गरेको १० लाख डोज खोप नेपालमा लगाउने काम भइरहेको छ ।

प्रति डोज चार डलरमा २० लाख खोप खरिद सम्झौता भएको थियो । यसपटक प्रति डोज पाँच डलरमा खरिद गर्ने तयारी थालिएको हो । हालसम्म चार लाख बढीले खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार खरिद गर्ने खोपको मुल्य खुला बजारको दरमा हुनेछ ।


स्वास्थ्य मन्त्रालयका एक अधिकारीले खोप खरिदका लागि प्रस्ताव पठाइसकिएको बताउनुभयो । सरकारले आगमी २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान संचालन गर्दैछ । त्यसको लागि सबै तयारी पुरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्