प्रधानमन्त्री नरेन्द्र मोदीले लगाए कोभिड-१९ विरुद्धको खोप
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन । उनले सोमबार बिहान दिल्लीस्थित एम्स अस्पतालमा भारत बायोटेकले विकास एवं उत्पादन गरेको खोप ‘कोभ्याक्सिन’ लगाएका हुन् ।
मोदीलाई पुडुचेरीकी नर्स पी निभेडाले खोप लगाइदिएकी थिइन् । खोप लगाउन उनलाई केरलाकी नर्स रोस्मा अलीले सघाएकी थिइन् ।
खोप लगाएपछि मोदीले ट्वीटरमा लेखेका छन–’विश्वब्यापी कोरोनभाइरस महामारीविरुद्ध लड्न हाम्रा चिकित्सक र वैज्ञानिकको भूमिका उल्लेखनीय छ । सबै मिलेर भारतलाई कोभिडमुक्त बनाउनुपर्छ ।’