Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कर्णाली स्वास्थ्य प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. रावल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मंगल रावल नियुक्त हुनुभएको छ ।

प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको हो ।


प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको चार वर्षीय पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो ।

चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा. रावल डेढ वर्षदेखि अस्पताल निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्