Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड खोपले ८० वर्ष नाघेका मानिसमा ८० प्रतिशत जोखिम कम गर्ने निष्कर्ष



जनस्वास्थ्य सरोकार । इङ्ग्ल्यान्डको एउटा अध्ययनले अक्सफर्ड-आस्ट्राजेनेका अथवा फाइजर-बायोएनटेकको खोप एक मात्रा मात्रै लगाए पनि अस्पताल भर्ना भएरै उपचार गराउनुपर्ने आवश्यकता ८० प्रतिशतभन्दा बढीले कम हुने देखाएको छ।

जनस्वास्थ्यसम्बन्धी अध्ययन गर्ने पब्लिक हेल्थ इङ्ग्ल्याण्डले खोप लगाएको तीनदेखि चार हप्तामा असर देखिने जनाएको छ।

असी वर्ष उमेर नाघेका र पहिलो खोप लगाएका मानिसहरूमा यो अध्ययन गरिएको हो।

सरकारी वैज्ञानिकले यो अध्ययन गरे पनि उनीहरूले उत्कृष्ट परिणामका लागि भने खोपको दुवै मात्रा लगाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

स्कटल्यान्डको स्वास्थ्य अधिकारीहरूले उस्तै खाले नतिजा सार्वजनिक गरेको एक सातापछि इङ्ग्ल्यान्डको अध्ययन सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्