Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रधानमन्त्री ओलीद्धारा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन



जनस्वास्थ्य सरोकार, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गर्नुभएको छ । उहाँले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन समेत गर्नुभएको छ ।

बिर्तामोड निवासी दुर्गा प्रसाईँले ६ अर्ब निजी लगानीमा सो अस्पताल निर्माण गर्नुभएको हो । अस्पतालमा तीन सय शय्या छन्।

गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान अस्पतालले जनाएको छ । अस्पतालमा पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अब क्यान्सर उपचारका लागि विदेश धाउनु नपर्ने बताउनुभएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरुपमा उपलब्ध भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्