Logo
|
Friday 29th March 2024
Logo

epaper

थप ७८ जनामा काेराेना सङ्क्रमण, ७२ जना डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप ७२ जना कोरोनामुक्त भएका छन । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ । अहिले नौ सय ७४ जना आइसोलेशनमा रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्