Logo
|
Friday 29th March 2024
Logo

epaper

युएनएफपीएद्धारा सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण



Photo: UNFPA

जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए) ले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरित सामग्रीमा ६ हजार ४८ थान व्यक्तिगत सुरक्षा कवच (पिपिई), ५० हजार जोडा ग्लोब्स्, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री (आइएआरएच किट्स) रहेका छन् । ती सामग्रीे सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्नेसरकारको प्रयासलाई सहयोग पु¥याउनेछ विश्वास व्यक्त गरिएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा यूएनएफपिए एक प्रतिनिधिद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गर्नुभएको थियो । नेपाल, चीन र युनएफीपए बीचको विद्यमान दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब रु तीन करोड मूल्य बराबरको पिपिई, आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको युनएफीपएद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि,औजार तथा अन्य सामग्री छन् । यसले सुरक्षित सुत्केरी गराउन, जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने जनाइएको छ ।

सो अवसरमा प्रमुख विशेषज्ञ डा. पोखरेलले भन्नुभयो -‘हामी चीन सरकार र युएनएफपीए प्रति आभारी छौँ । मन्त्रालयले प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्नेछ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ माहामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनिय रहेको नेपालका लागि युएनएफपीएप्रतिनिधि लुब्ना बाकिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्