Logo
|
Saturday 20th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५८ जना क्वारेन्टाइनमा छन्। ८ सय ३२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्