Logo
|
Wednesday 24th April 2024
Logo

epaper

आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल भित्रिदैँ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा आज ३ लाख ४८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप आइपुग्ने भएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं आउन लागेको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्