Logo
|
Thursday 18th April 2024
Logo

epaper

कोभिड खोपपछि बिरामी परेर भर्ना भएका डा. भट्टराई अस्पतालबाट डिस्चार्ज



जनस्वस्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ विरुद्धको खोप लगाएपछि बिरामी पर्नुभएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जबाट आज बिहान डिस्चार्ज हुनुभएको छ ।

स्वास्थ्यवस्थामा सुधार आएपछि उहाँलाई अस्पताललाट डिस्चार्ज गरिएको हो ।


बुधबार सिभिल अस्पतालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएपछि डा. भट्टराईलाई उच्च ज्वरो र अत्यधिक जिउ दुखेपछि त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो । उहाँलाई भ्याक्सिन सिन्ड्रोम देखिएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्